शुभकामना

शुभकामना पांचौ संविधान दिवस तथा राष्ट्रिय दिवस, 2077 को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनु भएका समस्त नेपाली दिदी बहिनी  तथा दाजु भार्इहरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ।यस शुभ दिनले हामीहरूबिच निरन्तर एकता, आपसी  सहयोग तथा सदभावको भावनालार्इ थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस। श्री नेपाली राजदूतावास, जेनेभा, स्विट्जरल्याण्ड। 2077 असोज 3

स्वदेश फर्किने हवाई उडानको व्यवस्थापन बारेको सूचना

कोभिड-19 को विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितले गर्दा स्विट्जरल्याण्ड तथा इटालीमा समयमै नेपाल फर्कन नसकी भिषा लगायतका विभिन्न समस्या र अप्ठ्यारोमा रहनु भएका नेपाली नागरिकहरुका लागि “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम नेपाल फर्कनका लागि यस राजदूतावासले मिति 2077।02।16 (29 मे 2020) मा

COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने अवधि सम्बन्धी अत्यन्त जरुरी सूचना।

यस दूतावासको मिति 2077।2।16 तदनुसार 29 मे 2020 को “COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना” वाट अनुरोध भए बमोजिम स्विट्जरल्याण्ड र इटालीमा रहनु भएका नेपाली नागरिकहरुको विवरण 2077 जेष्ठ 26 गते तदनुसार 08 जुन 2020 सम्ममा परराष्ट्र मन्त्रालयमा उपलब्ध गराउनुपर्ने भएकोले आगामी 2077।02।25 तदनुसार 07 जुन

नेपाल फर्कनु पर्ने वाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सार्वजनिक सूचना

COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। उपरोक्त सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2077।02।12 को निर्णय बमोजिम स्वीकृत “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थिति स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम कोभिड-19 को महामारीका कारण नेपाल