नेपाली नागरिकहरु स्वदेश फर्किएको सम्बन्धमा


कोभिड-19 को विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितले गर्दा स्विट्जरल्याण्ड तथा इटालीमा समयमै नेपाल फर्कन नसकी भिषा लगायतका विभिन्न समस्या र अप्ठ्यारोमा रहनु भएका नेपालीहरुमध्ये मिति 29 जुन 2020 का दिन कतार एयरवेजका उडानहरु मार्फत ज्यूरिचबाट 5, रोमबाट 22 तथा मिलानबाट 14 गरी जम्मा 41 जना दोहा प्रस्थान गरी आज 30 जुन 2020 का दिन कतार एयरको उडान नं. QR3160 बाट सकुशल नेपाल फर्कनु भएको छ।
 
यस विश्वव्यापी असहज परिस्थितिमा नेपालीहरुको उद्वारका लागि अहोरात्र खटिर्इ स्वदेश फर्काउने कार्यमा सहयोग गर्नु हुने श्री परराष्ट्र मन्त्रालय, श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा सवै सम्बद्व निकाय तथा अधिकारीहरू एवम् स्विट्जरल्याण्ड तथा इटालीस्थित गैर आवासीय नेपाली संघ तथा समुदायलार्इ नेपाली राजदूतावास आभार व्यक्त गर्नुका साथै, विभिन्न अप्ठ्यारो र कठिनार्इका बावजूत पनि उडान व्यवस्थापन नहुन्जेल धैर्य गरी यस दूतावासप्रति दर्शाउनु भएको समझदारी तथा सहयोगका लागि सवै नेपालीहरू प्रति समेत दूतावास पुनः हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
  
 
नेपाली राजदूतावास
जेनेभा, स्विट्जरल्याण्ड
2077 आषाढ 16 (30 जुन 2020)


प्रेस-वक्तव्य
Download