नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना
नयाँ वर्ष २०७७ को शुभ उपलक्ष्यमा स्वीट्जरल्याण्ड, इटाली, सानमारिनो र लिचेस्टाइन लगायत स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि नेपाली राजदूतावास परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
विश्वभर फैलदै गएको कोरोना भाइरस रोगका कारण उत्पन्न असहज परिस्थिति नयाँ वर्षको शुरूआतसँगै अन्त्य हुन सकोस र स्वदेश एवं विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुका लागि नयाँ वर्ष सहज र सुखमय रहोस।
नेपाली राजदूतावास परिवार
जेनेभा, स्वीट्जरल्याण्ड
मितिः २०७७ वैशाख १