
शुभकामना
२०७८ सालको नेपालीहरुको महान चाडहरु विजया दशमी, तिहार र छठको सुखद अवसरमा स्वीट्जरल्याण्ड लगायत यस राजदूतावास सहप्रमाणिकृत मुलुक इटली, लिचेष्टाइन र सान मारिनोमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यस दूतावास सुस्वास्थ्य, प्रगति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
कोभिड-१९ को संक्रमणको अवस्थालार्इ ध्यानमा राख्दै यहाँहरु सबैले सुरक्षित रुपमा चाडपर्वहरु मनाउनु हुन समेत यस राजदूतावास हार्दिक अनुरोध गर्दछ।
२०७८ असोज २९ गते (१५ अक्टोवर २०२१)
नेपाली राजदूतावास स्वीट्जरल्याण्ड
यहाँ Click गर्नुहोस https://gva.nepalmission.gov.np/wp-content/uploads/2021/10/Greetings.pdf