COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने अवधि सम्बन्धी अत्यन्त जरुरी सूचना।

यस दूतावासको मिति 2077।2।16 तदनुसार 29 मे 2020 को “COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना” वाट अनुरोध भए बमोजिम स्विट्जरल्याण्ड र इटालीमा रहनु भएका नेपाली नागरिकहरुको विवरण 2077 जेष्ठ 26 गते तदनुसार 08 जुन 2020 सम्ममा परराष्ट्र मन्त्रालयमा उपलब्ध गराउनुपर्ने भएकोले आगामी 2077।02।25 तदनुसार 07 जुन 2020 को कार्यालय समय भित्र (18:00 बजे) दूतावासको नियोगको वेभसाइटमा उपलब्ध लिंक मार्फत (https://gva.nepalmission.gov.np/register-yourself/) फाराम भरी विवरण उपलब्ध गराउनुहुन पुनः हार्दिक अनुरोध गरिन्छ।

नेपाली राजदूतावास

जेनेभा, स्विट्जरल्याण्ड

2077।02।19 (01 जुन 2020)