स्वदेश फर्किने हवाई उडानको व्यवस्थापन बारेको सूचना

कोभिड-19 को विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितले गर्दा स्विट्जरल्याण्ड तथा इटालीमा समयमै नेपाल फर्कन नसकी भिषा लगायतका विभिन्न समस्या र अप्ठ्यारोमा रहनु भएका नेपाली नागरिकहरुका लागि “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम नेपाल फर्कनका लागि यस राजदूतावासले मिति 2077।02।16 (29 मे 2020) मा सूचना जारी गरी विवरण दर्ता गर्न अनुरोध गर्दै 2077।02।25 (07 जुन 2020) सम्म विवरण दर्ता गराउनु भएका सबै नेपाली नागरिकहरुको विवरण 2077।02।26 (08 जुन 2020) गते नै नेपालको सम्वद्व निकायमा पठाई सकिएको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ। अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलार्इ नेपाल फर्काउने सम्बन्धमा यस राजदूतावासबाट नेपालका सम्वद्व निकायहरुँग निरन्तर सम्पर्क, प्रयास तथा ताकेता भर्इ रहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।

 साथै, स्विट्जरल्याण्ड तथा इटालीबाट नेपाल फर्कनका लागि व्यवस्थापन हुने उडान मिति र समय, उडान हुने विमानस्थल, टिकट लागत, टिकटको लागि सम्पर्क गर्ने निकाय/संस्था आदि विषयमा आधिकारीक जानकारी प्राप्त भए पछि सोको जानकारी उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दै त्यतिञ्जेल सम्मको लागि धैर्य गर्नुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ।

नेपाली राजदूतावास

जेनेभा, स्विट्जरल्याण्ड

2077 आषाढ 01 (15 जुन 2020)