प्रजातन्त्र दिवस-२०७८ को शुभकामना

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइ हरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ । साथै, नेपालमा प्रजातन्त्र प्रप्तीका लागी भएका आन्दोलनहरूका सहिदहरू प्रति श्रद्धान्जली अर्पण गर्दै यस शुभ दिनले हामीहरूमा भएको प्रजातन्त्र प्रतिको निष्ठा अझ गहिरो बनाउने विश्वास व्यक्त गर्दछ।। नेपाली राजदूतावास जेनेभा, स्विट्जरल्याण्ड

विजया दशमी, तिहार र छठकाे शुभकामना

२०७८ सालको नेपालीहरुको महान चाडहरु विजया दशमी, तिहार र छठको सुखद अवसरमा स्वीट्जरल्याण्ड लगायत यस राजदूतावास सहप्रमाणिकृत मुलुक इटली, लिचेष्टाइन र सान मारिनोमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यस दूतावास सुस्वास्थ्य, प्रगति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। कोभिड-१९ को संक्रमणको अवस्थालार्इ ध्यानमा राख्दै यहाँहरु सबैले सुरक्षित रुपमा चाडपर्वहरु मनाउनु हुन समेत यस राजदूतावास हार्दिक अनुरोध गर्दछ। नेपाली